Logo

नयाँ ऋणीको संख्या ६.९१ ले वृद्धि



काठमाडौं, चैत २२ । कोभिड महामारीको सामना गरेको करीब १ वर्षका बीचमा नयाँ कर्जा प्रवाहमा चुनौती भएको बैंकरहरूले बताउँदै आए पनि पछिल्लो समयमा समग्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या बढेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७७/७८० को फागुनसम्ममा समग्रमा नयाँ ऋणी संख्या ६ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा नयाँ ऋणी १ लाख ३४ हजार थपिएका छन् । गत आव २०७६/७७ फागुनको तुलनामा यो वृद्धिदर ३ दशमलव २५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो वृद्धिदर १० दशमलव १५ प्रतिशत थियो । अर्थात् नयाँ ऋणी १ लाख ३८ हजार थपिएका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा बैंकबाट ऋण लिनेको संख्या १६ लाख १ हजार ९ सय ५७ जना पुगेको छ । विसं २०७६ फागुनमा ऋणीको संख्या १४ लाख ९८ हजार रहेको थियो । विसं २०७५ फागुनमा यस्तो ऋणीको संख्या १३ लाख ६० हजार थियो । ऋणीको संख्या प्रत्येक वर्ष बढ्दै गए पनि चालू आव शुरू हुनु अघिदेखि कोभिडले गर्दा नयाँ ऋण प्रवाहमा प्रभाव परेको थियो । यसले गर्दा गत चैत, वैशाख र जेठमा नयाँ कर्जा प्रवाह गर्न सकेका थिएनन् ।

यसपछिका अवधिमा कर्जा प्रवाह केही बढिरहेको छ । वाणिज्य बैंकहरूले फागुनसम्ममा थप १ लाख ३१ हजार ९११ दशमलव ८१ प्रतिशत० कर्जा दिएको छ । त्योे दरमा नयाँ कर्जा थपिँदा फागुन मसान्तसम्म २७ वाणिज्य बैंकको १२ लाख ४५ हजार २ सय ७१ ओटा कर्जाको खाता पुगेको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा खाता कुल ११ लाख १३ हजारको थियो ।

यस अवधिमा वाणिज्य बैंकको नयाँ कर्जाको खाता बढेको देखिए पनि विकास बैंकको भने वृद्धिदरमा कमी आएकोे छ । गत आवको फागुनको तुलनामा चालू आवको फागुनमा विकास बैंकको कर्जा खाताको वृद्धिदर ८ दशमलव ४८ प्रतिशतले संकुचन आएको छ । अर्थात् २८ हजार ८ सय ४१ ओटा खाता घटेको छ । यस अवधिमा १९ ओटा विकास बैंकको ऋण खातासंख्या कुल ३ लाख ११ हजार १४७ मा सीमित छ । गत आवको फागुनमा यस्तो संख्या ३ लाख ३९ हजार ९८८ थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्