Logo

१६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किमी सडक बन्ने



काठमाडौं, चैत २२ । मुलुकका १६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किलोमिटर (किमी) सडक निर्माण गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र सम्पन्न हुनेगरी सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण सम्पन्न गरिने बताएका छन् ।

निर्वाचन क्षेत्रमा सडक निर्माण गर्ने कार्यको शनिवार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यो योजना नेपालमा सडक सञ्जाल विस्तारमा कोसेढुंगा हुने बताए । कार्यक्रममा यो योजना निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि अर्थात् २०७४ फागुनदेखि २०७७ फागुनसम्म देशभर कालोपत्र र स्तरोन्नति गरी ३ हजार ५१२ (किमी) सडक निर्माण भएको जानकारी दिए। यस्तै यस अवधिमा ५२८ ओटा मोटरेबल पुल निर्माण भएको उल्लेख गरिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot