काठमाडौं २२ चैत्र । एनआईसी एशिया बैंकले धरान उपमहानगरपालिकामा अवस्थित १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड वितरण गरेको छ । बैंकले भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका पसलहरूलाई क्युआर कोड वितरण गरेको हो ।
बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड वितरण गरेको जनाएको छ ।
क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका हुन् ।
मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकले मोबाइल बैंकिङ्ग एप/वालेट मार्फत बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरेको छ ।