Logo

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा बैशाख १२ गते हुने



काठमाडौं, २२ चैत्र । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बैशाख १२ गते साधारण सभा हुने भएको छ । चैत्र २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सभा केन्द्रिय कार्यालय नक्सालमा बिहान १० बजे सभा हुने भएको हो ।

सभाले शेयरधनीहरुलाई कम्पनीको हाल भएको चुक्तापुँजीको ७ प्रतिशत र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । यसको साथै सभाले चुक्तापँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीको अनुसार साधारण सभा प्रयोजनार्थ बैशाख २ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएकोले बैशाख १ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्