Logo

म पनि गायक हुँ, तर रामकृष्ण ढकाल, सुगम पोखरेल र प्रमोद खरेललाई हेर्ने दृष्टिकोण र यशकुमारलाई हेर्ने दृष्टिकोण किन फरक ? : गायक यशकुमार(भिडिओसहित)



काठमाडौं, २२ चैत्र । चर्चित गायक तथा नायक यशकुमारले छुवाछुत प्रथा अब अन्त्यको नजिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पेशागत आधारमा जातीय विभेद भएको पनि टिप्पणी गरेका छन् ।

उनले आफू गायक भएको उल्लेख गर्दै अरु गायक र आफूलाई हेर्ने दृष्टिकोण किन फरक ? भन्दै प्रश्न गरेका छन् । उनले भने,‘म पनि गायक हुँ, तर रामकृष्ण ढकाल, सुगम पोखरेल र प्रमोद खरेललाई हेर्ने दृष्टिकोण र यशकुमारलाई हेर्ने दृष्टिकोण किन फरक छ ?’ हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot