Logo

आज नेप्से २५ अंकसहित हाल सम्मकै उच्च विन्दुमा, ८ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, २२ चैत्र । साताको कारोबारको पहिलो दिन नेप्से आज हाल सम्मकै उच्च विन्दुमा पुगेकोे छ । आज ०.९८ प्रतिशत अर्थात २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले बढेर ४७०.७५ विन्दुमा पुगेको छ ।

आज नेप्से परिसुचक अनुसार २१२ कम्पनीको ८७ हजार ४५३ पटक कारोबार भएर ८ अर्ब ७७ करोड ७४ लाख ४३ हजार ६९० रुपैयाँ बराबरको १ करोड ७३ लाख ७ हजार ३२८ प्रतिकित्ता शेयर खरिद विक्रि भएको हो ।

नेप्सेको अनुसार आज १२ उपसमुह मध्ये व्यापार, होटल/टुरिजम, म्युर्चुअल फण्ड, निर्माण र उत्पादन उपसमुहको सुचक घटेका छन् भने बाँकी ८ उपसमुहको सुचक उकालो लागेको छ । सबैभन्दा धेरै निर्जीवन बीमाको ३.९७ प्रतिशतले सुचक बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको आज ४६ करोड ८१ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको आज ५ सय ८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

त्यसैगरी, अपर तामाकोशीको २८ करोड १० लाख भन्दा धेरैको कारोबार भएको छ । आज कम्पनीको ८ सय ६२ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।
आज वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९ प्रतिशत अर्थात १३७ रुपैयाँले बढेर १५ सय ८ रुपैयाँ प्रतिशेयर कायम भएको छ । त्यस्तैगरी, जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९.९९ प्रतिशत अर्थात ७२ रुपैयाँले बढेर ७ सय ९३ रुपैयाँ प्रतिशेयर कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्