काठमाडौं, २३ चैत्र । नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन संघलाई मझौला कर्जा दिने भएको छ । बैैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच व्यवसायीहरुलाई विभिन्न बैकिंङ्ग सेवा दिने सम्बन्धि सम्झौता भएको हो ।
बैंकको तर्फबाट लघुवित्त प्रमुख निरज कुमार बस्नेत र संघको तर्फबाट अध्यक्ष किशोर नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साझेदारी पछि स्थानिय तयारी पोशाक निर्माताहरुलाई व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।