Logo

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा बिक्रि गर्ने



काठमाडौं, २३ चैत्र । ग्लोबल आईएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामी विक्रि खुल्ला गर्ने भएको छ ।

बैंकले माइक्रोफाइनान्सको ८१ हजार ५ सय कित्ता शेयर प्रतिकित्ता न्युनतम ३ सय रुपैयाँ निर्धारण गरी सो मुल्य भन्दा बढी मुल्यमा बिक्रि गर्न लागेको जनाएको छ । कम्पनीको शेयर खरिद गर्नका लागि व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बैशाख २६ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्