काठमाडौं, २३ चैत्र । बैंंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंंकिङ्ग कसुर मुद्दामा उच्च अदालतले ६१ लाख जरिवाना तोकेको फरार खोटाङ मझुवागढी दिक्तेलका ३४ वर्षीय बरुण ढकाललाई काठमाडौं पेप्सीकोलाबाट केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
घरजग्गा कारोबारमा सम्लग्न ढकालमाथि आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानकारी हुँदा पनि कुमारी बैंकको खाताबाट दुई महिलालाई ६१ हजार रुपैयाँ बराबरको चेक काटी दिएको ठहर गर्दै अदालतले ५ दिनको कैद सजाय र ६१ लाख रुपैयाँ जरिवाना तोकेको जनाएको छ ।