Logo

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दा…



मोरङ, २३ चैत्र । यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका–६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot