काठमाडौँ, २३ चैत । विश्व भक्त भुमिले वैशाख २१ गतेभित्र प्रधानमन्त्री परिवर्तन नभए देश ठूलो दलदमा फस्ने टिप्पणी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वभक्त भूमिले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपाल पवित्र भूमि हो । यो देव भूमिमा कस्तो प्रकारको खाका कोर्नुपर्ने विषयमा देशका विभिन्न राजनितिक दलहरु फ्लप भइसकेका छन् । उनीहरु समाप्त भइसकेका छन् ।’ नेपालमा रहेका विभिन्न धर्म संस्थाहरुले अहिलेको परिस्थितीमा बहस गर्नुपर्ने आवश्यकत्ता महसुस गरेको उनले बताए ।
उनले भने,‘मेरो ध्यान र आस्थाले देशमा जटिल अवस्था सिर्जना हुन संकेत देखाएको छ । यो नेपाल जस्तो पवित्र भूमिमा वैशाख २१ गते भित्र नयाँ प्रधानमन्त्री चयन भएन भने यो स्वर्गको भूमिमा रक्तपात हुनेछ ।’
देशमा नयाँ नेतृत्वकर्ताको आवश्यता रहेकोसमेत उनले बताए । उनले भने, ‘अहिलेको सात प्रदेशको खाका समाप्त भइसकेकोे छ । यो देशमा युवा नेतृत्व आउन जरुरी रहेको छ । यो देशलाई युवाले चलाउनुपर्ने छ ।’ देशमा गरिव जनताका लागि आएको रकम समेत माथिल्लो तहमा बसेका नेताहरुले खाएको पनि उनको आरोप छ ।
उनले भने,‘जब प्रधानमन्त्रीले देशलाई डुबाउन खोज्दा राष्ट्रपतिले राजाको भुमिका निर्वाह गर्नुपर्ने थियो । तर, राष्ट्रपतिले त्यो गर्न सक्नुभएन।’ नेपालको तत्कालको परिस्थीति हेर्दा सम्पूर्ण नेपालीले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उनले बताए । उनले भने,‘आफ्नो प्रायश्चित गर्न सम्पूर्ण नेताहरुले तत्कालै पशुपतिमा गएर क्षमापुजा गरुन् । तर, उनीहरुले त्यो गर्न चाहेनन् । हाम्रो पहिचान धर्म संस्कृतिलाई लात हान्नुहुन्छ भने तपाईहरुलाई तीन करोड जनताले लात हान्ने छ ।’ सभासदहरु एक पटक जितेपछि उनी कहिले फर्केर जिल्ला पुगेको छ भन्दै उनले प्रश्न तर्साए । राजा सहितको प्रधानमन्त्री ल्याउनु पर्ने अहिले जनताको माग रहेको समेत उनले बताए । खअब अगामी दिनमा हुने चुनाव निश्पक्ष हुनुपर्नेमा उनले जोड दिएका थिए ।