काठमाडौं, २४ चैत्र । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सोमबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।