तेह्रथुम, २४ चैत्र । ४२ वर्षीया महिलालाई बलात्कृत गरेको अभियोगमा एक पुरुष पक्राउ गरेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको जनाएको छ । हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।