काठमाडौं, चैत २५ । दक्षिणकालीका युवालाई प्लम्बिङ तथा वायरिङ तालिम दिन थालिएकोे छ । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन र सफा सुनौलो नेपालको आयोजनामा सीमान्तकृत तथा बेरोजगार ४० युवालाई तीनमहिने तालिम दिन लागिएको हो ।
तालिम उद्घाटन गर्दै संसद् सदस्य राजन केसीले तालिमको सीप उपयोग गरेर सहभागी र सम्बद्ध परिवारकै आर्थिक उत्थानमा योगदान पु(याउने अपेक्षा राखे । कार्यक्रममा नेपाली चलचित्रका नायक राजेश हमालले युवालाई स्वरोजगार बन्न प्रेरणा दिएका थिए ।
व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटीले) सीप परीक्षणपश्चात् प्रमाणपत्र प्रदान गर्ने सो तालिममा नवरत्न प्राविधिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले स्थानीय युवालाई नयाँ–नयाँ सीप विकासका तालिम सञ्चालन गरिने बताए । । चिनियाँ उक्त संस्स्थाले यसअघि पोखरा र नवलपरासीका एक सय युवालाई यस्तो तालिम दिएको जनाइएको छ । गोरखापत्र दैनिकबाट