काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको आरोप लगाएका छन्। उनले प्रचण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन् ।
‘प्रचण्डले नै एमालेसँग पार्टी एकता गरेको उल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा एकता फुटाएको तर्क गरे ।
नेकपा एमालेसँगको एकता जोगाउन आफूहरु मन्त्री पदमा रहेको बताउँदै सांसद पद खोस्नु जनमतको अपमान भएको तर्क गरे ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री चौधरीले भने,ुप्रचण्डजीले पार्टी एकता गर्न हुने, स्वार्थ नमिलेपछि एकता टोड्नु, त्यो उहाँहरुको कमजोरी हो, हाम्रो के गल्ति छ पद नै खोस्नुपर्ने ।’
मन्त्री चौधरीले माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता पनि नलिने अनि सरकारमा भएका मन्त्रीहरुलाई मात्रै कारबाही गर्नु विधान विपरीत रहेको तर्क गरे ।