Logo

प्रचण्डद्वारा ओलीमाथि ‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको’ आरोप



काठमाडौं, २५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । आज सल्यानको सल्लेबजारमा सम्बोधन गर्दै उनले ओलीमाथि प्रतिगमनको आरोप लगाउँदै जनता उठ्ने बेला आएको बताए ।

‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरु पनि देखिएका छन्,’ प्रचण्डले ओलीप्रति संकेत गर्दै भने,‘ गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सक्याइदिए ।’ उनले जनता प्रतिगमनविरुद्ध जुनुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डले रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले गोर्वाचोभपथमा ओली चलिरहेको टिप्पणी समेत गरे ।

देशलाई नै संकटमा पार्ने षड्यन्त्रहरु भइरहेको प्रचण्डको भनाई थियो । देशमा प्राप्त उपलब्धिलाई सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्नेमा जोड दिए ।
ओलीलाई हिटलरसँग तुलना गर्दै प्रचण्डले भने,‘हिटलर आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी भन्थे ।’



प्रतिक्रिया दिनुहोस्