Logo

कोरोना जोखिमसँगै बन्द हुनथाले शैक्षिक संघसंस्था, अनलाइन कक्षा सञ्चालन



काठमाडौं, २६ चैत्र । कोरोना भाइरसको जोखिम शैक्षिक संघसंस्थामा बढी पर्न थालेसँगै सतर्कता अपनाउन थालिएको छ । शैक्षिक संघसंस्थाहरुले पुनः अनलाइन कक्षा सञ्चालनमा ल्याउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार सूचना निकालेर परीक्षणको तथ्यांकले विद्यालयलगायत शैक्षिक संस्थाहरुमा कोरोना भाइरस बढेको जानकारी दिएर सतर्कता अपनाउन भनेको थियो । योसँगै शैक्षिक संस्थाहरुले स्वास्थ्य सतर्कता अपनाउन थालेका छन् ।

काठमाडौं विश्वविद्यालयले आजबाट अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । काठमाडौं विश्वविद्यालय अन्र्तगत स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ्गले संयुक्त सूचना निकालेर ८ अप्रिलबाट १४ मे २०२१ सम्म पठनपाठन अनलाइन मार्फत् गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

विभिन्न कलेज, विद्यालयले पनि फेरि अनलाइन कक्षा सञ्चालनको तयारी गरेका छन् । विद्यालय जाने बालबालिका र किशोरकिशोरीमा बढी कोरोना भाइरसको संक्रमण देखिन थालेको सरकारले खुलाएसँगै बन्द गरेर दूरशिक्षा पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot