Logo

१२ बालिका बलात्कृत



भक्तपुर, २६ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot