Logo

चार सांसद पदमुक्तभएसँगै प्रतिनिधि सभामा माओवादी केन्द्रको अब ४९ सिट



काठमाडौं, २६ चैत्र । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको चार सिट घटेको छ । माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित चारजना सांसद पदबाट मुक्त भएपछि सिट संख्या घटेर ४९ मा सिमित भएको हो ।

माओवादी केन्द्रको चुनाव चिन्हबाट विजयी टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।

चारैजना नेकपा एमालेमा महत्वपूर्ण जिम्मेवारी पाउन सफल भएका छन् । उनीहरुलाई माओवादी केन्द्रमा फिर्ता ल्याउन प्रयास गरिएको थियो । माओवादी केन्द्रले स्पष्टिकरण समेत सोधेको थियो । उचित जवाफ नआएको भन्दै कारबाहीको सिफारिशसहित संसद सचिवालयमा दर्ता गरेको थियो । आज सभामुख अग्निप्रसाद सापकोटाले सांसद पदबाट मुक्त भएको सूचना सुनाएका थिए ।

यसअघि माओवादीकेन्द्रको ६३ सांसद संख्या थियो । ४ जना सांसद पदबाट मुक्त भएपछि ४९ जनामा सिमित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot