Logo

नेप्से २ अंकले बढ्दा कारोबार ६ अर्बमा सिमित



काठमाडौं, २६ चैत्र । साताको कारोबारको अन्तिम दिन आज नेप्से २ अंकले बढेको छ । बिहीबार ०.१० प्रतिशत अर्थात २.७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.२८ अंकले घटेर ४७६.५१ विन्दुमा रोकिएको छ ।

बिहीबार २०७ कम्पनीको ७१ हजार २४१ कम्पनीको ६ अर्ब ५५ करोड ६५ लाख १६ हजार ६८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता खरिद बिक्रि भएको छ ।
नेप्सेको अनुसार आज सबै भन्दा धेरै अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ७८ लाख भन्दा धेरैको कारोबार भएको हो । आज कम्पनीको ८ सय ९२ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

त्यस्तै, निफ्राको २४ करोड ८२ लाख भन्दा धेरेको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिकित्ता शेयर मुल्य ५८९ रुपैयाँ कायम भएको छ । साताको कारोबारको अन्तिम दिन आज एनआइृसी एशिया लघुवित्तको सबै भन्दा धेरै ९.९४ प्रतिशत अर्थात १२७ रुपैयाँले बढेर प्रतिकित्ता १४ सय ५ रुपैयाँ पुगेको छ । त्यसैगरी, नेप्सेले ग्रिनलाइफ हाइड्रोपावरको ९.९२ प्रतिशत अर्थात ३७ रुपैयाँले बढे प्रतिशेयर मुल्य ४ सय १० रुपैयाँ कायम भएको जनाएको छ ।

आज १२ उपसमुह मध्ये ७ समुहको परिसुचक बढेका छन् । अन्य पाँच समुहको सुचक घटेका छन् । बिहीबार व्यापार, हाइड्रोपावर लगाएतको सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्