Logo

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग



काठमाडौं, २७ चैत्र । त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकले बिहीबार आर्थिक सहयोग गरेको छ । बैंकले टोकन सिष्टम लागु गर्नको लागि अस्पताललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले उक्त रकम हस्तान्तरण गरेका हुन् । बैंकको अनुसार उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गर्नेछ । उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्