काठमाडौं, २७ चैत्र । नेपाली काँग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने बताएका छन् । उनले ओलीलाई हटाउन काँग्रेस जुटिसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै एमालेबाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे काँग्रेस छलफलमा जुटेको बताए ।
साउनले देशमा संकट निम्याँउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको तर्क गरे । उनले देशमा देखापरेको राजनीतिक संकट समााधानका लागि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गर्नुपर्ने बेला आएको बताए । काँग्रेस नयाँ सत्तासमिकरणका लागि विपक्षी जुटाउन लागिपरेको पनि बताए ।