Logo

माओवादी केन्द्रले बादललाई पनि गर्यो कारबाही, संसद सचिवालयमा पत्र दर्ता



काठमाडौं, २७ चैत्र । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई समेत पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ। बादलले पार्टी त्याग गरेकोले कारबाही गरेको पत्र संसद सचिवालयमा माओवादी केन्द्रले आज बुझाएको छ । यसअघि माओवादी केन्द्रले चार जना सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ ।

उनीहरु सांसद पदबाट मुक्त भैसकेका छन् । चारै जना मन्त्री थिए । सांसद पदबाट मुक्त भएपछि उनीहरुको मन्त्री पद पनि स्वतः गुमेको थियो । तर, आज प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पूनर्नियुक्ती गर्ने भएका छन् । र, उनीहरुको आजै साँझ ५ बजे सपथ राखिएको छ । सांसद नभएकाहरुलाई ६ महिनासम्मको लागि मन्त्री बनाउन सकिने प्रावधान संविधानमा छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्