Logo

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो १२.६३ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २७ चैत्र । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको चैत २६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ र ७७ को नाफाबाट शेयरधनीहरूलाई सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्