सुनसरी, २७ चैत्र । सुनसरी इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रहरी जवान कासिन्दर यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
अख्तियारले ४० हजार रुपैयाँ सेवाग्राहीसँग लिइसकेको अवस्थामा यादवलाई विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।