Logo

देउवालाई पौडेलको प्रश्न : हिजो जोखना हेर्दा एउटा चान्स मिस भयो, अहिलेपनि जोखना हेरेर मिस गर्ने ?



काठमाडौं, २७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादको एउटा भर्याङमा उक्लिएको टिप्पणी गरेका छन् । लोकतन्त्रको रक्षाको लागि कांग्रेसले लडेको भन्दै परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार राजधानीमा आयोजित निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले हिजो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक नभएको अवस्थामा पनि आफूहरुले एउटा चान्स मिस गरेको सुनाए । उनले भने,‘जुनबेला एमाले र माओवादी एक भएका थिएनन्, त्यो बेला जोखना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ । जोखना फेरि पनि हेरेर अनि चान्स मिस गर्ने, अनि पछि टाउको समातेर रुने, अब त्यो कुरा हुँदैन् । चु्नाव, चुनाव, चुनाव, यो सबैले भन्छन् । केपी ओलीको पनि नारा त्यही हो, हाम्रा साथीहरुको पनि नारा त्यही हो ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot