Logo

प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता



काठमाडौं, २७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

अहिले केही बेरमै सुरु हुने बैठकमा भाग लिनको लागि माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ बुढानिलकण्ठ पुगिसकेका छन् ।

उता, जसपाका नेताहरु भने बुढानिलकण्ठ पुगेपनि छुट्टै छलफलमा जुटेका छन् । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच आज निर्णायक छलफल हुन लागेको हो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot