काठमाडौं, २७ चैत्र । पछिल्लो समय बहुउपयोगी र बहुगुणकारी गुर्जोको सेवन गर्नेहरुको संख्या बढेको छ । कोरोना कालमा गुर्जोको माग यति धेरै भएको छ, गुर्जो सेवन नगर्ने कमै देखिएका छन् । गुर्जो अभियन्ता कमल बहादुर राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जोसहितको धुलो प्याकेट, गुर्जो चिया र विरुवा वितरण गर्दै आएका छन् । पेशाले प्रमुख कर अधिकृत रहेका राजलवटले कार्यालय समयबाहेक र विदाको दिनमा गुर्जो वितरण अभियान नै सञ्चालन गरेका छन् । हालै काभ्रेको बनेपामा गुर्जो सेवन गर्नेहरुले पनि गुर्जो सेवन गर्दाको फाईदा खुलेर सुनाएका छन् ।
यसरी गुर्जोको फाईदाबारे पतञ्जली योग समिति, बाग्मती प्रदेशका अध्यक्ष ग्रुबेन तौजलेले आफ्नो आमाले नियमित गुर्जो सेवन गर्ने गरेको उल्लेख गर्दै आमाको ग्याष्ट्रिकलगायतका अन्य रोगहरुसमेत निको भएको र गुर्जोको धुलो औषधी रामवाण सावित भएको प्रतिक्रिया दिए । उनले ग्याष्ट्रिक पीडितहरुलाई पनि गुर्जोको धुलो औषधी नियमित सेवन गर्नसमेत सुझाएका छन् ।
राजलवटले आफूले अहिलेसम्म गुर्जो सेवनकर्ताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको पनि जानकारी दिए । उनले भने,‘म गुर्जो अभियान लिएर देशको प्रायः सबै जिल्लामा पुगेको छु । निःशुल्क यो सेवा गर्दै आएको छु । जहाँ जहाँ म पुगेको छु, सबैबाट सकारात्मक राम्रो प्रतिक्रिया पाएको छु । यो नै मेरो लागि खुशीको कुरा हो ।’ त्यतिमात्रै होईन, उनले कोरोना संक्रमित भएकाहरुले पनि गुर्जोको नियमित सेवन गर्दा कोरोना जित्नलाई मद्दत पुगेको प्रतिक्रिया आफूहरुलाई दिएको पनि सुनाए । कोरोनाविरुद्ध लड्नको लागि गुर्जोको धुलो औषधी र चियाले शक्ति प्रदान गर्ने उनको विश्वास छ ।
गुर्जो सेवन गर्दा फाईदा भएकाहरुको प्रतिक्रिया हेरौं :