काठमाडौं, २७ चैत्र । पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।
उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्। तस्वीरः प्रदीपराज वन्त/रासस