काठमाडौं, चैत २८ । इन्डियन प्रिमियर लिग (आइपीएल) १४ औं संस्करणको खेल शुक्रबारदेखि सुरु भएको छ ।गएराति भएकोखेलमा रोयल च्यालेञ्जजर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको छ ।
टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो।बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरे। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे। अन्तिम ओभरको चौथो बलमा २ रन लिँदै जित हासिल गर्न खोज्ने क्रममा विकेट गएपछि उनी पेभेलियन फर्किएका थिए।
त्यसपछि क्रिजमा आएका मोहम्मद सिराजले एक रन र हर्षल पटेलले एक रन जोडेपछि बैंग्लोरले मुम्बईलाई हराएको हो ।टीमलाई जित दिलाउने क्रममा ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ र वाशिङ्टन सुन्दरले १० रन जोडेका थिए । साविक विजेता रोयल च्यालेञ्जजर्स पाँच पटक च्याम्पियन बनिसकेको छ ।