Logo

विद्यालयसहित शैक्षिकसंस्था बन्द हुने, अनलाइन कक्षाबाट पठनपाठन



काठमाडौं, २८ चैत्र । सरकारले काठमाडौंलगायत मुख्य शहरहरुमा विद्यालयसहित शैक्षिक संघसंस्था बन्द गर्ने निर्णय लिने भएको छ । शैक्षिक संघसंस्थाहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न लगाउने तयारी समेत भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर देखिनथालेपछि रोकथामको उपाय अपनाउन अनलाइन कक्षामा पुनः लाने तयारी भएको हो । त्यसका लागि आज अपरान्ह कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्न लागेको छ । बैठकले दोस्रो लहरको जोखिम क मगर्ने योजना प्रस्ताव तयार भइसकेको र त्यसमा विद्यालयलगायत शैक्षिक संघसंस्थालाई अनलाइन कक्षा सञ्चालन गर्न लगाउने विषय रहेको बुझिएको छ ।

विद्यालय जाने उमेरका बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिनथालेपछि सरकारले कडाई गर्ने तयारी गरेको हो ।

यसैगरी, सीमामा समेत कडाई गर्ने निर्णय लिन लागिएको छ । भारतमा दोस्रो लहर बढेपछि सीमामा कडाई गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्