काठमाडौं, २८ चैत्र । कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालिका लक्ष्मी चौलागाईंको मुगुमा बलात्कारपछि भएको हत्याको बिरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वरस्थित् संसद भवन अगाडि प्रदर्शन गरेको छ । उक्त आन्दोलनमार्फत यस्ता किसिमका क्रूर अपराधमा संलग्न जो कोही पीडक भएपनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसंग माग गरिएको नेपाल विद्यार्थी संघ, नेपाल कमर्स क्याम्पसका नेता बिष्णुहरि खड्काले बताए ।
उक्त अवसरमा बलात्कार एक गम्भीर अपराध भएको भन्दै सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण नगर्न विद्यार्थीले खबरदारी गरेका हुन् । उनीहरूले सरकारसंग नागरिकको मौलिक हकको संरक्षण गर्न पनि माग गरेका छन् । यस्ता किसिमको अपराधीक घट्ना न्युनीकरण गर्दै घट्नामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त प्रदर्शन गरिएको कार्यक्रमका संयोजक नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसका विद्यार्थी नेता बिष्णु हरि खड्काले बताए ।
मुगुमा कक्षा तीनमा अध्ययनरत ९ वर्षीय बालिका लक्ष्मी चौलागाईंमाथि बलात्कारपछि भएको हत्याको बिरोधमा केन्द्रीय सर्कुलर बमोजिम नेपाल विद्यार्थी देशभर निरन्तर आन्दोलित रहेको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।