लहान, चैत २९ । सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ। लहान नगरपालिका–१९ मा पसल चलाउँदै आएका प्रदीपकुमार विश्वकर्माको मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले हत्या गरेको हो ।
४० वर्षीय विश्वकर्माकी पत्नीसमेत घाईते भएकी छन् ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ। उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ। पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुन्छ।