काठमाडौं, २९ चैत्र । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लागुपद्वार्थ दुव्यसनी, यौन हिंसा र ट्राफिक नियमका विषयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कैंलालीको लम्कीचुहा ८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यायलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय संस्थाका अनुगमन अधिकृत सुरेश बहादुर खड्काको संयोजकत्वमा भएको कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक विभाग प्रमुख विकल काफ्ले, प्रबन्धक वेद प्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मोतिपुर कैलालीका प्रमुख प्रहरी नायब निरीक्षक शोभान सिंह कार्कीले सडक सुरक्षामा अपनाउनुपर्ने साबधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी संचालन तथा सुरक्षित सडक प्रयोग सम्बन्धी सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।