Logo

ओलीलाई जसपाले साथ दिनसक्ने महतोको खुलासा



काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनसक्ने औल्याएका छन् । उनले जसपाको मागको सम्बोधन गरेमा ओलीलाई साथ दिन सकिने औल्याएका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले ओलीसँग अहिले वार्ता चलिरहेको समेत बताए । उनलले वर्तमान सरकारसँगै पनि जसपाको सत्ता साझेदारी हुनसक्ने बताए ।

जुन पार्टीले जसपाका मुद्धा सम्बोधन गर्छ त्यसैसँग सत्ता साझेदारी हुन्छ, महतोले भने । पार्टीले सत्ता समिकरणबारे आधिकारिकरुपमा निर्णय नगरिसकेकाले अहिले नै कोसँग सहकार्य हुन्छ भन्नेबारे अनुमान गरिहाल्न नसकिने बताए ।

सत्ता समिकरणको विषयलाई लिएर जसपा पार्टी नफुट्ने पनि नेता महतोले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन दलको सत्ता समिकरणको प्रयास भइरहँदा महतोको भनाई आएको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्