Logo

बम विष्फोट घटनामा संलग्न युवक पक्राउ



सिरहा, २९ चैत्र । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखिया शनिबार पक्राउ परेका हुन् ।

लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्