Logo

कोरोनाबाट आज १ जनाको मृत्यु



काठमाडौं, २९ चैत्र । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ३ थपिएका छन् । आज १ सय ४१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख  ८० हजार २८ संक्रमित भएपनि २ लाख ७४ हजार २७  जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार ९ सय ६१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्