Logo

हाम्रो धर्म बचाउनु छः पूर्वराजा ज्ञानेन्द्र शाह



काठमाडौं, २९ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले संस्कृतिको रक्षा गर्नुका साथै मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ,’ भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा आज सम्बोधन गर्दै भने,‘हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

पूर्वराजा शाहले कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको उल्लेख गरे । उनले हिन्दु सभ्यता, हिन्दुत्व र सनातनिक आर्य संस्कृति अनि वेद उपनिषद् पुराणहरुको महत्वमाथि समेत चर्चा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot