Logo

सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर/झण्डा राखिएको प्रति प्रधानमन्त्री किन मौन ? : रावल



काठामाडौं, ३० चैत्र । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले सिके राउतको सम्मेलनमा स्वतन्त्र मधेशको ब्यानर÷झण्डा राखेको भन्दै प्रश्न उठाएका छन् । उनले यसअघि पनि आफूले सरकारले सिके राउतसँग गरेको सम्झौतामा दुई देशबीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्वझैं किन प्रस्तुत गरियो भनेर प्रश्न उठाएको पनि स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो बताएका हुन् । उनले लेखेका छन्–‘सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ।जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?” 



प्रतिक्रिया दिनुहोस्