Logo

नेपाल बैंकको ओखलदुंगामा क्युआर कोड सेवा संचालन



काठमाडौं, ३० चैत्र । नेपाल बैंक लिमिटेडले ओखलदुंगामा क्युआर कोड सेवा वितरण संचालन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै ओखलढुगांको शाखाबाट क्युआर कोड वितरण सुरु गरेको जनाएको छ ।

बैंकको अनुसार विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पु¥याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्