Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तराखण्डका मुख्यमन्त्रीद्वारा स्वागत सन्देशसहित फूलको गुच्छा



काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले यसपटक चर्चा पाएको छ । हरिद्वारमा भइरहेको कुम्भमेलामा पुगेका पूर्वराजालाई उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले स्वागत सन्देशसहित फूलको गुच्छा पठाएका छन् ।

हिन्दुस्ताट टाइम्सका अनुसार मुख्यमन्त्री रावतले सन्देशमा भनेका छन्,‘देवभूमी उत्तराखण्ड र हरिद्वार कुम्भमा स्वागत छ । साधुसन्त र गङ्गाबाट आशिर्वाद लाग्नेछ ।’ मुख्यमन्त्रीको कार्यालयले पूर्वराजा उत्तराखण्डमा पुगेकोमा स्वागत गरिएको उल्लेख गरेको छ ।

मुख्यमन्त्री रावतका तर्फबाट सूचना तथा जनसम्पर्क विभागका महानिर्देशक रणवीर सिंह चौहान फूलको गुच्छा लिएर स्वागत गर्न पुगेका थिए । उनले रावतको स्वागत सन्देश समेत सुनाएका थिए । पूर्वराजाले खुशी व्यक्त गरेका थ्एि ।

पूर्वराजा शाहलाई हरिद्वारबाट निम्तो आएपछि कुम्भमेलामा पुगेका हुन् । हरिद्वारको दक्षिणकाली मन्दिरका कैलाशानन्दले पूर्वराजालाई नारायणको अवतार भने । उनले भने,‘राजा हुन् नारायणको रुप मानिन्छ । एकमात्र हिन्दु राष्ट्र हो नेपाल ।’

कुम्भमेलामा पूर्वराजाको हिजो भव्य स्वागत भएको थियो । उनले आज शाही स्थान समेत लिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्