काठमाडौं, ३० चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अलिहे विशेष समयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । यसअघि शून्य समयमा विभिन्न सांसदले बोलेका थिए ।
कांग्रेस सांसद गगन थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका थिए । वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाउने उनले बताए।