काठमाडौं, ३० चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित किङ्गस् लाउञ्जबीच सम्झौता भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहक ग्राहकहरुले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् ।
बैंकले आइतबार बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
बैंकले भर्खरैमात्र सुरुवात गरेको युएसइडी इकम कार्डबाट ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्ने जनाएको छ ।
देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई बैंकले आधुनिक बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।