Logo

प्रचण्डप्रति प्रधानमन्त्री ओलीको व्यंग्य : “शेरबहादुरलाई भेटेर दाई प्रधानमन्त्री भईदिनुहोस न भनेको छ !”



काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति कडा रुपमा प्रस्तुत भएका छन् । अध्यक्ष दाहालले शेरबहादुर देउवालाई भेटेर दाई प्रधानमन्त्री भइदिन आग्रह गरेको व्यंग्य गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले दाहालले नक्कली कुरा गरेको टिप्पणी गरे । उनले दाहाल–नेपाल सफल हुने भए आफूलाई साधारण सदस्यबाट हटाएको बेला सफल भैहाल्थे नि भनेर व्यंग्य कसेका छन् । उनले आफूलाई राजीनामा देउ भनेर कति रोएको भन्दै हटाउन चूनौति दिएका छन् । उनले भने,‘समर्थन किन फिर्ता नलिएको ? हटाउन, मसँग बहुमत छ, बहुमतबाट हटाउन मन छ भने फिर्ता लेउ, चाहिएको छैन तिम्रो समर्थन । लैजाउ ।’

केपी ओलीले टिकट नदिए म दिन्छु भनेर माधव नेपालले हल्ला फिजाएको उनको टिप्पणी गरे । उनले भने,‘माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ । तर चुनाव कसैले जित्दैन् । माधव नेपालले आँफै त चुनाव जित्दैनन् ।’ अब पार्टीमा गुटबन्दी नचल्ने दाबी गरे । उनले भने,‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’ माधव नेपालले अहिलेसम्म गरेको अपराधिकपूर्ण कार्यको आत्मालोचना गर्नुपर्ने पनि उनको भनाई छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्