Logo

कांग्रेस सांसद संग्रौलाको प्रश्न : सरकार चुच्चे नक्सा कता गयो ?



काठमाडौं, ३१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले चुच्चे नक्शा कता गयो ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेकी हुनु् । सांसद संग्रौलाले संसदले पारित गरेको राजनीतिक भूगोलको नक्सालाई किन लुकाएको ? भन्दै सरकारसमक्ष प्रश्न तेर्साएकी छिन् ।

उनले राष्ट्रपतिले वितरण् गरेको विभुषणमा चुच्चे नक्सा हराएको सन्दर्भमा आफूले यस्तो प्रश्न उठाएको पनि स्पष्ट पारेकी छिन् । उनले लेखेकी छिन्-सार्बभौमसम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनितिक भूगोलको नक्सालाई सरकारले किन लुकाएको? रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो र?सरकार चुच्चे नक्सा कता गयो?सन्दर्भ रास्ट्रपतिले बितरण गरेको बिभुसण चुच्चे नक्सा हराएको सन्दर्भमा!” 



प्रतिक्रिया दिनुहोस्

Screenshot