Logo

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ



बर्दिया, ३१ चैत्र । लागूऔषध मुद्दाका फरार प्रतिवादी सोमबार पक्राउ परेका छन् । लागूऔषध मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका–४ बस्ने २० वर्षीय आर्यन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बर्दियाको चैत ३ गतेको फैसलाले लागूऔषध (ब्राउनसुगर) मुद्दामा १० महिना कैद तोकी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–४ तुलापुरबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot