Logo

महानगरीय ट्राफिक प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण



काठमाडौं, ३१ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई राष्ट्रिय वाणिज्य बैंकले ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धारा, नागस्थानमा सञ्चालनमा ल्याउने जनाइएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेको बैकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्