काठमाडौं, ३१ चैत्र । २०७७ सालको अन्तिम दिन आज नेप्सेले हालसम्मकै उच्च रेकर्ड राखेको छ । मंगलबार २३.२३ अंकले बढेर २७१४.७९ उच्च विन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार २०९ कम्पनीको ७६ हजार ९४ पटक कारोबार भएर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर खरिद विक्रि भएको छ ।
आज ६ उपसमुहको परिसुचक बढेका छन् भने सात समुहको नेप्से सुचक घटेका छन् । आज सबैभन्दा बढी नबिल बैंकको कारोेबार भएको छ । बैंकको २८ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी, नेपाल बैंक लिमिटेडको २८ करोड १६ लाख भन्दा बढीको कारोबार भएको भएको छ । आज एनआईसी एशिया लघुवित्तको ९.९७ प्रतिशतले सुचक बढेको छ ।