काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ठूला सहरका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यो विषयमा सीसीएमसी र मन्त्रिपरिषदमा छलफल भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । सरकारले बन्द भएको अवधिमा पठनपाठन भने भर्चुअल माध्यमबाट सुचारु गरिने बताएको छ । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ । file photo