Logo

असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण



काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ” उनले भने ।

उनले सङ्क्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए ।

“गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौं” उनले भने, “मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौं ।”
मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए । उहाँले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए । रासस-file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot